अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज
अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगत तर्फको एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।
यस्तै सङ्घीय सरकारको चालु तर्फको पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ ।
सङ्घीय सरकारको पुँजीगत तर्फ एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।
अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र सङ्घीय सरकारको पुँजीगत तथा चालुतर्फ छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी रु आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया