NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

गुटरेसले संसदमा सम्बोधन गर्नेबारे सभामुखद्वारा जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् ।

आइतबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले महासचिव गुटरेसले दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । आजको बैठकमा सभामुख घिमिरेले सरकारबाट प्राप्त पत्रहरु पढेर सुनाए ।

मन्त्रिपरिषद बैठकको कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसदको दुवै सदनलाई संवोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।