गुटरेसले संसदमा सम्बोधन गर्नेबारे सभामुखद्वारा जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् ।
आइतबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले महासचिव गुटरेसले दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । आजको बैठकमा सभामुख घिमिरेले सरकारबाट प्राप्त पत्रहरु पढेर सुनाए ।
मन्त्रिपरिषद बैठकको कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसदको दुवै सदनलाई संवोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया