आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब तोकियो
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो ।
सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको लक्ष्य घटाएको छ । संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ कायम गरेको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया