NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब तोकियो

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको लक्ष्य घटाएको छ । संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ कायम गरेको थियो  ।