मन्त्री बनेको ३ दिनमै राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेको तीन दिनमै जसपाका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।
मुख्यमन्त्रीलाई समर्थन गर्ने बेला जसपालाई २ मन्त्रालय दिने सहमति भए पनि कार्यान्वयन नभएको भन्दै अहिरले आइतबार राजीनामा दिएका हुन् । उनी यही वैशाख ६ मा कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए ।
पार्टी प्रदेश कमिटीको निर्णयानुसार राजीनामा दिएको अहिरले बताए ।
‘राजीनामा स्वीकृत गर्ने÷नगर्ने मुख्यमन्त्रीको काम हो,’ उनले भने । जसपाले सहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिएको छ । जसपा प्रदेश अध्यक्ष अशोक यादवले सरकारले सहमति कार्यान्वयन नगरे समर्थन फिर्ता लिने तयारी भइरहेको दाबी गरे ।
अहिरको राजीनामापछि मुख्यमन्त्री जोखबहादुर महरा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेट्न शनिबार काठमाडौं पुगेका छन् । मन्त्रालय नथप्दासम्म जसपा र नागरिक उन्मुक्तिले अड्को थापिरहने र मन्त्रालय थप्न एमालेले नदिने भएपछि उनी अप्ठ्यारोमा परेका हुन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया