सरकारको नीति तथा कार्यक्रम आज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने तयारी गरेको छ ।
संविधानमा संघ सरकारले जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नुपर्ने र त्यसअघि दुवै सदनमा राष्ट्रपतिमार्फत आफ्ना नीति तथा कार्यक्रम घोषणा गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार, मंगलबारका लागि बोलाइएको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको हो ।
संघीय संसद् सचिवालयले मंगलबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको जनाएको छ ।
नीति तथा कार्यक्रमको प्रस्तुतिलगत्तै यसमाथि संसदमा छलफल चलाउने योजना छ । संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभामा जेठ ३,४,६,७,८ र ९ गते तथा राष्ट्रियसभामा जेठ ३, ४ र ६ गते छलफल हुनेछ ।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले यससम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदको कामकारबाही अवरोध गरिरहेकाले के हुने भन्ने अन्योल देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया