NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १७ गते

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको हुने भएको छ । सरकारले चालु आर्थिक वर्षकोभन्लदा आगामी आर्थिक वर्षको लागि बढाएर बजेट ल्याएको हो ।

मंगलबार  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोर्दा रु. ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने जनाएको छ

बजेटको पूर्णपाठ हेर्नुहोस् :