NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १२ गते

एमाले सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण र उपचुनावको समीक्षा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचनको समीक्षासँगै पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।