घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौं । सुनको मूल्यमा मंगलबार झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा ९०० रूपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रूपैयाँ कायम गरेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६० १०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले घटेको छ । संघका अनुसार, मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रूपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया