जसपा संसदीय दलको बैठक बस्दै, अध्यादेश मुख्य एजेण्डा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ । पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने नेताहरूले जनाएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार कुनै पनि अध्यादेश दुवै सदनबाट पारित हुनुपर्छ । प्रतिनिधिसभामा सत्तासाझेदार दल कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि ५९ सदस्यीय राष्ट्रियसभामा २८ सिट मात्रै छ । त्यसैले सरकारले अध्यादेशमा जसपाको साथ खोजेको छ ।
जसपाले अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै सुझाव दिइसकेको भए पनि संसदीय दलले यसबारे निर्णय गरेको छैन । त्यसैले जसपाको निर्णयलाई बहुप्रतीक्षाका साथ हेरिएको छ ।
जसपाका एक नेताले कार्यदलको सुझावबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया