NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारका उजुरी र मुद्दा छिटो नटुंगिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारका उजुरी र मुद्दा छिटो टुंगिनुपर्ने बताए ।

‘भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा लामो समय नटुंगिएको भनेर गुनासो आइरहेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसलाई छिटो टुंगोमा पु–याउनुपर्छ ।’

राष्ट्रपति पौडेलले ठूला खरिद प्रक्रियामा भ्रष्टाचार भएकोप्रति चिन्ता जाहेर गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्न सरकारलाई आह्वान गरे ।

अख्तियारको काँधमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दायित्व रहेको स्मरण गराउँदै उनले आगामी दिनमा आयोग यो काममा अझै प्रभावकारी ढंगले लाग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्मचारीहरूलाई सम्मानित पनि गरे । उत्कृष्ट अनुसन्धानकर्ता सम्मानबाट उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्कालाई राष्ट्रपतिले सम्मानित गरेका हुन् । त्यसैगरी, नापी अधिकृत रुबिना शाही पनि सम्मानित भएकी छन् । उनलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मान गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष