चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं (एजेन्सी) । चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पु–याएको छ ।
लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड–२सी) पी पनि भनिन्छ ।
दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो।
यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औं उडान अभियान थियो।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया