NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

सिमकोट । हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्युु भएको छ ।

पुरिएर अन्य चार महिला घाइते भएका छन् । सर्केगाड गाउँपालिका-७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए । माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्युु भएको हो ।

यस्तै माटोको ढिस्कोले पुरेर चार महिला घाइते भएको जानकारी प्राप्त भएको छ । घाइते हुनेमा सर्केगाड–७ रोडिकोटकै २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मञ्जु जैसी घाइते भएको प्रहरीले जनाएको छ । अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष