अन्तरिक्ष यात्री २८० दिनदेखि अलपत्र , फिर्ता ल्याउने मिसन फेरि स्थगित

काठमाडौं । अन्तरिक्ष यात्री सुनीता विलियम्स र बैरी बुच विल्मोरको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फिर्ता हुने मिसन स्थगित भएको छ । नासा र स्पेसएक्सले अन्तरिक्षमा फसेका उनीहरूको फिर्तीका लागि संयुक्त रूपमा मिसन सञ्चालन गरिरहेका छन्।
यी अन्तरिक्ष यात्रीहरूको फिर्ताको लागि फाल्कन–९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिनुपर्ने थियो । तर यसमा केही हाइड्रोलिक समस्या उत्पन्न भएपछि बुधबारका लागि निर्धारण गरिएको प्रक्षेपण स्थगित गरिएको हो ।
स्पेसएक्सले यसको मेसिनमा उत्पन्न भएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने बारेमा केही जानकारी दिएको छैन।
यसले चार नयाँ अन्तरिक्ष यात्रीहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जानुपर्ने र त्यहाँबाट सुनीता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउनुपर्नेछ।
दुवै यात्रीहरूले ५ जुन २०२४ मा यस परीक्षण मिसनको लागि स्टारलाइनर अन्तरिक्ष यानबाट उडान भरेका थिए। ६१ वर्षीय विल्मोर र ५८ वर्षीया सुनीतालाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याएको थियो। यो आफ्नो प्रकारको पहिलो उडान थियो जसमा मानिसहरू सवार थिए। तर आठ दिनपछि फिर्ता हुनुपर्ने उनीहरू उतै फसेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन्।
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया