एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
झापा । विद्यार्थीमा भएको वैज्ञानिक खोज, सीप, ज्ञान र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गरेको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने उक्त प्रतियोगितात्मक प्रदर्शनी यही जेठ २४, २५ र २६ गते विर्तामोडमा आयोजना गर्ने तयारी गरिएको हो । प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका १४० माध्यमिक तहका विद्यालयको सहभागिता रहने एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताए ।
उनका अनुसार प्रदर्शनीमा एउटा विद्यालयले एउटा मात्र प्रदर्शनी कक्ष राख्न पाउनेछन् भने उत्कृष्टताका आधारमा विद्यालय पुरस्कृत हुनेछन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले रु चार लाख, दोस्रो हुनेले रु तीन लाख, तेस्रो हुनेले रु दुई लाख र चौथो हुनेले रु एक लाख पुरस्कार पाउने विभागका प्रमुख पोखरेलले जानकारी दिए । प्रदर्शनीमा भाग लिने २५ विद्यालयलाई रु २५ हजारका दरले प्रतिभा प्रोत्साहन पुरस्कार दिइने भएको छ ।
राजनीतिक दलका तर्फबाट शिक्षा क्षेत्रलाई लक्षित गरेर विज्ञान तथा प्रविधिको बृहत् प्रदर्शनी पहिलोपटक आयोजना हुन लागेको जनाउँदै पोखरेलले विद्यार्थी र विद्यालय दुवैका लागि यो कार्यक्रम ऐतिहासिक अवसर हुने बताए । विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सञ्चालन हुने प्रदर्शनीमा प्रदेशभरिका एक लाख विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराउने आयोजकको लक्ष्य रहेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया