क्लासिक टेककाे एक जिबिपिएस इन्टरनेट स्पीड सार्वजनिक, के छ विशेषता ?
काठमाडाैं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै 1000 Mbps अर्थात् 1Gbps को Enterprise Pro इन्टरनेट स्पीड सार्वजनिक गरेको छ।
यसमा Public IP Address, L2 Support,र Wifi 6 Router निःशुल्क रहेको छ। विशेष गरी, धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।
साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने र Congestion हुने भएकोले धेरै प्रयोगकर्ता लाई सप्राेट गर्न सक्ने इन्टरनेट स्पीड को माग अनुसार 1Gbps Enterprise Pro प्याकेज सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ ।
एक जिबीपिएसको मुल्य एकदमै कम रहेकाे छ । अहिलेकाे अफरमा मासिक ७२९९ रूपैयाँमै प्याकेज रहेकेा छ । त्यस्तै, ५०० एमबिपी एसको Enterprise Pro पनि सार्वजनिक गरेकाे कम्पनीले उल्लेख गरेकेा छ । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँलगायत देशको प्रमुख सहरहरुमा सुचारु भइसकेकाे छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया