प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेर हदको विषय फेल खाइसकेको बताएका छन्। अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० काटेर राजनीतिबाट सन्यास लिएको भनेपछि ओलीले अब त्यो विषय फेल भइसकेको बताएका हुन्।
अध्यक्ष ओलीले चीन र साइप्रसका कम्युनिष्ट पार्टीले पनि उमेर हद हटाएको उदाहरण दिए । स्वास्थ्यले साथ दिएसम्म र कार्यक्षमता भएसम्म आवश्यकताका आधारमा नेतृत्व गर्न सकिने बताए।ओलीले भने, ‘विश्वकान्तजीले भन्नु भयो उहाँ अलि बुढो पनि हुनु भयो । अब एमालेमा ७० वर्ष उमेर फेल खाइसक्यो। म ७४ मा छु, अब चार वर्ष अघि फर्किने कुरा भएन, ७० मा रिटायर्ड फेल खाएन त ? चीनमा दुई पटक मात्र महासचिव र राष्ट्रपति बन्ने व्यवस्था थियो त्यो सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखेपछि हटाइयो । उहाँ अहिले ७२ वर्ष भइसक्नु भयो । त्यहाँ ६५ वर्ष भनेको थियो, साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर हटायो । अब यसमा पार्टीेले आफ्नो आवश्यकता आधारमा निर्णय लिन्छ।’
अध्यक्ष ओलीले उमेर हदका कारण माधव नेपाल र झलनाथलाई अध्यक्षबाट नहटाएको भन्दै आवश्यकता नभएपछि हटाइएको बताए । मनमोहन अधिकारी ७८ वर्षसम्म अध्यक्ष भएको उदाहरण समेत ओलीले दिए। ‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन्। आवश्यकताहरू थुप्रै हुँदा रहेछन्। मै हुन्छु भन्ने होइन। कुनै एउटा जडसूूत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने, ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन। हटाउनु पर्ने हुँदोरहेछ। ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं। उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं।’
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया