वाणिज्य बैंकहरुले ‘१० महिनामा ४७ अर्ब ७९ करोड नाफा कमाए

काठमाडौँ- चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।
नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले वैशाख मसान्तसम्ममा ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।
चालू आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुमध्ये १० वटाको नाफामा गिरावट आएको छ । एनआईसी एसिया, हिमालयन बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत १० बैंकको नाफा घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
ताजा अपडेट
-
टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता
-
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी
-
५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
-
खानेपानीमन्त्री यादवको एक वर्षः मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
-
चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण
प्रतिक्रिया