नेता पुनको कलेजो प्रत्यारोपण गरिने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ। उनको कलेजोमा समस्या देखिएपछि कलोजो प्रत्यारोपण गर्नुपर्ने भएको हो ।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचारसमेत गराएका थिए ।
नेता पुन जन्डिस रोगबाट पीडित छन् । उनको स्वास्थ्य अवस्थाको जानकारी लिन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल पुगेका थिए । आज उपराष्ट्रपति नन्दबहादुर पुन र एकिकृत समाजवादी अध्यक्ष माधव नेपाल पनि पुनको स्वास्थ्य अवस्था बुझन पुगेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया