स्वास्थ्यमा सुधार भएपछि नेता पुन डिस्चार्ज
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ। उनको कलेजोमा समस्या देखिएपछि कलोजो प्रत्यारोपण गर्नुपर्ने भएको हो ।
नेता पुन जन्डिस रोगबाट पीडित छन् । उनको स्वास्थ्य अवस्थाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल उपराष्ट्रपति नन्दबहादुर पुन एकिकृत समाजवादी अध्यक्ष माधव नेपाल,उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायतका नेता पुगेका थिए । आज पनि उनकाे स्वास्थ्य बुझन नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पुगेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया