चुनावी रणनीतिबारे छलफल गर्दै नेकपा एस
काठमाडौं । चुनावी रणनीति बनाउन नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवायल बैठक बसेको छ ।
केन्द्रीय कार्यलय बानेश्वरमा जारी बैठकले चुनावी जनपरिचालन अभियान, घोषणापत्र तथा चुनावी प्रचारसम्बन्धी निर्णय हुने उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । यस्तै आजको बैठकले केन्द्रीय विभागलाई पूर्णता दिने, उम्मेदवार छनोट गर्ने विषयमासमेत निर्णय हुनेछ ।
गत भदौमा एमालेबाट अलग भएपछि पहिलो पटक चुनावमा होमिन लागेको एकीकृत समाजवादीले सुरूदेखि नै चुनावी गठबन्धनको पक्षमा रहेको छ ।
देशभर संगठनले पूर्णता नपाइसकेको अवस्थामा उसले चुनावी तयारीको साथसाथै संगठन विस्तारलाई पनि सँगसँगै लैजाने नीति लिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया