कब्जा गर्ने डरले ओलीले गुटवन्दी गरे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले तत्कालिन नेकपाभित्र आफु शक्तिशाली हुँदै गएपछि आत्तिएर केपी ओलीले संसद विघटन गरेको आरोप लगाएका छन् । पार्टीको राजनीतिक र वैचारिक प्रशिक्षणका लागि आइतबार पोखरा पुगेका उनले नेकपा पुरै प्रचण्डले कब्जा गर्ने देखेर ओली आत्तिएको आरोप लगाए ।
‘तत्कालिन नेकपाभित्र प्रचण्डको पक्षमा जनमत बढ्दै गएपछि ओलीलाई के लाग्यो कुन्नी ? पार्टी नै प्रचण्डले कब्जा गर्न लाग्यो भनेर उनी आत्तिए र त्यसपछि ओली गुटबन्दीमा लागे’, प्रेस सेन्टर नेपालले पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीभित्र आफ्नो पक्षमा माहोल नदेखेपछि संसद नै विघटन गरे ।
ओलीको जवाफ तपाईंले सुन्नुभएकै छ, पार्टीभित्र मलाई काम गर्न दिएनन् । त्यसैले संसद विघटन गर्दिएँ । त्यस्तो कहिँ हुन्छ ?’ आगामी चुनाव माओवादी केन्द्रका लागि जीवनमरणको सवाल भएकाले आफ्नै बलमा चुनाव जित्नेगरी तयारी गर्न आग्रह गरेका गरे ।
उनले संघीयता विरोधी शक्तिसँग कठोर संघर्ष गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आवश्यक रहेको बताए । पत्रकारलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादीप्रति आकर्ष बढ्दै गएकाले आगामी दिनमा माओवादी ठूलो पार्टी बन्ने दावी गरे ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया