NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सरकारलाई ओलीको प्रश्न : देशको सीमाना सुरक्षित छ ?

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका विषयमा सरकार डराएको आरोप लगाएका छन्।

सरकारले संसदमा प्रस्तुत गरको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्दै उनले लिम्पियाधुरा र कालापानीको विषयमा सरकार बोल्न डराएको आरोप लगाएका हुन् ।

‘राष्ट्रिय हितको विषयमा सरकारले मित्रराष्ट्रसँग छलफल गरेको छ कि छैन ? लिम्पियाधुरा, कालापानीको विषयमा सरकार काँथर बनेको छ, काँथर मात्र होइन चिसोमन लिएको छ । हाम्रा सीमा सुरक्षित त छन् ? राष्ट्रियताको विषयमा सरकार किन बोल्न सक्दैन ?’, उनले प्रश्न गरे ।