नवउद्यमलाई प्रमोट गर्न १ अर्ब २५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले नवउद्यमलाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत नवउद्यमलाई प्रोत्साहन गर्ने बताएका हुन् ।
त्यसका लागि उनले एक अर्ब २५ करोड बजेट विनियोजन गरेको बताए । यसअघि सरकारले नवउद्यम सम्बन्धि कुनै नीति लिएको थिएन ।
यसअघि नेपालवाच डट कम ले संचालन गरिरहेको पोलिसी डायलग टेलिभिजन कार्यक्रममा नवउद्यमका बारेमा बहश गरिएको थियो । यसैबीच नीति अनुसन्धान प्रतिष्ठानले पनि नवउद्यमलाई राज्यले प्राथमिकतामा राख्न सुझाव दिएको थियो ।
अर्थमन्त्र महतले पहिलो पटक नवउद्यमलाई प्रोत्साहित गर्न १ अर्ब २५ करोड बजेट विनियोजन गरेका हुन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया