सहकारीमा करको दर बढाएकोमा महासंघको आपत्ति
काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सोमबार अर्थमन्त्री प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमार्फत करको दर बढाएकोमा गम्भिर आपत्ति जनाएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएको हो । महासंघले आर्थिक विधेयकमार्फत सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको विषयलाई समेत परिवर्तन गरेर विवादस्पद कर कायम गर्न खोज्नु न्युन र मध्यम आय भएका नागरिकलाई मारमा पार्न खोजेको भन्दै आपत्ति जनाएको छ । साथै महासंघलेसहकारी ऐन २०७४ मा भएको करको दर नै लागू गर्न सरकारसँग माग गरेको छ ।
सरकारले हिजो (सोमबार) प्रस्तुत बजेटमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थालाई लाग्ने आयकर दरमा ७ प्रतिशत बढाएको छ । त्यस्तै नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिकामा १५ प्रतिशत र महानगरपालिकाभित्रको लागि २० प्रतिशत आयकर निर्धारण गरेको छ ।
यो कर वृद्धि नसच्याए महासंघले थप संघर्षका कदम चाल्न बाध्य हुने जनाएको छ ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया