सहकारीमा करको दर बढाएकोमा महासंघको आपत्ति
काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सोमबार अर्थमन्त्री प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमार्फत करको दर बढाएकोमा गम्भिर आपत्ति जनाएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएको हो । महासंघले आर्थिक विधेयकमार्फत सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको विषयलाई समेत परिवर्तन गरेर विवादस्पद कर कायम गर्न खोज्नु न्युन र मध्यम आय भएका नागरिकलाई मारमा पार्न खोजेको भन्दै आपत्ति जनाएको छ । साथै महासंघलेसहकारी ऐन २०७४ मा भएको करको दर नै लागू गर्न सरकारसँग माग गरेको छ ।
सरकारले हिजो (सोमबार) प्रस्तुत बजेटमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थालाई लाग्ने आयकर दरमा ७ प्रतिशत बढाएको छ । त्यस्तै नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिकामा १५ प्रतिशत र महानगरपालिकाभित्रको लागि २० प्रतिशत आयकर निर्धारण गरेको छ ।
यो कर वृद्धि नसच्याए महासंघले थप संघर्षका कदम चाल्न बाध्य हुने जनाएको छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया