विश्व रक्तदाता दिवस साताव्यापी हुने
काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।
ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको छ ।
साताव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न स्वयंसेवी रक्तदाता तथा रगत र रक्ततत्वसम्बन्धी कार्य गर्ने सबै सङ्घसंस्थालाई आह्वान गरिएको ब्लोदानका केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभागका सदस्य रवि रिमालले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया