संसद् बैठक बस्दै, बजेटबारे उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदैछन् ।
यही जेठ १५ मा अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएकोमा आइतबार सकिएको छ । यसक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा अर्थमन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट कार्यान्वयनका लागि सांसदबीच छलफल चलाएर बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस पटक बजेटमाथि चलाइएको छलफलमा प्रतिपक्ष दलका सांसदले मात्र नभएर सत्तापक्षका सांसदले पनि चर्को असन्तुष्टि जनाएका छन् । पहुँचका आधारमा अव्यवहारिक ढंगले बजेट विनियोजन गरिएको, अनधिकृत ढंगले करका दर हेरफेर गरिएको, अर्थतन्त्रले सामना गरेको समस्या सम्बोधनलाई बेवास्ता गरिएकोलगायत आरोप सांसदहरूले लगाएका छन् । सत्तारूढ एकीकृत समाजवादी पार्टीले त सरकारबाट बाहिरिनु परे पनि यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया