काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड
काठमाडाैं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार अर्थात ३३.७२ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार अर्थात ६६.२८ प्रतिशत छुट्याइएको छ ।
चालु आवको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया