युद्धमा खटिएका सेनाबारे रिपोर्टिङ गर्न युक्रेनले प्रतिबन्ध लगायो
किएभ । युक्रेनका राष्ट्रपतिले सेना र सैन्य उपकरणबारे रिपोर्टिङमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् । कानुनअनुसार युद्धमा खटिएका सेना र हतियारसम्बन्धी जानकारी सैन्य अधिकारीले स्वीकृत नगरेसम्म संकलन गर्न पाइँदैन ।
राज्यको समाचार एजेन्सी युक्रेनफर्मले आइतबार कानुन उल्लंघन गर्नेलाई ३ देखि ८ वर्षसम्मको जेल सजायको व्यवस्था गरेको छ ।
‘कानुनले युक्रेनलाई अन्तर्राष्ट्रिय सैन्य सहायताको दिशा, आवागमन, युक्रेनको सशस्त्र बल वा युक्रेनको अन्य सैन्य संरचनाहरूको गतिशिलता, तैनाथ, मार्शल ल वा राज्यमा लगाएको आपतकालको अनाधिकृत प्रसारमा प्रतिबन्ध लगाउँछ,’ युक्रेनफर्मले उल्लेख गरेको छ ।
रूसले युक्रेनमा हमला गर्न सुरू गरेकाे एक महिनाभन्दा पनि बढी भइसकेकाे छ ।
युक्रेनी सेनाले एक महिनासम्म शक्तिशाली रुसको कसरी प्रतिरोध गर्यो ?
आणविक प्लान्ट रहेकाे चेर्नोबिलमा रुस गैर-जिम्मेवार बन्योः युक्रेन
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया