काठमाडौंमा डेंगी नियन्त्रणका लागि नेपालमै पहिलोपटक ‘बायो लार्भिसिद’ औषधि छर्किँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।
मेयर बालेन शाहले काठमाडौमा डेंगी रोग फैलन नदिन, लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक ‘वायो लार्भिसिद’ छर्कन लागेको जानकारी दिएका छन् ।
‘वायो लार्भिसिद’ जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई पनि हानी गर्दैन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाँ जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने मेयर शाहले जनाएका छन् ।
महानगरले डेङ्गीका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन पनि सञ्चालन गरिरहेको जनाएको छ ।
‘यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ,’ मेयर शाहले भनेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया