१० दिनपछि भेटियो डाक्टर प्रज्वल कोइरालाको शव
काठमाडौं । १० दिनअघि बेपत्ता भएका डा. प्रज्वल कोइरालाको शव भेटिएको छ ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा. कोइराला सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीको चतराघाटस्थित पुलमा कार छाडेर १० दिनअघि बेपत्ता भएका थिए ।
झापाको दमक नगरपालिका–१ घर भएका ३८ वर्षीय कोइराला कोशीको पुलबाट प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर बेपत्ता भएका थिए ।
उनको शव सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीले टापु बनाएको क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । सप्तकोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कोइरालाले आत्महत्या गर्नुको कारण खुलेको छैन । तर प्रेमिकासँगको विवादका कारण आत्महत्या गरेको बताइए पनि पुष्टि भएको छैन । कोइराला भदौ १० गते सबेरै बिहान २ बजे कोशीको पुलमा आएको सीसी टीभी फुजेटमा देखिएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया