बन्दोबस्तीका सामानसहित आज काठमाडौं ओर्लंदै अमेरिकाको सैन्य टोली
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली आज नेपाल आउने भएको छ । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउन लागेको हो ।
नेपाली सेनाले संयुक्त सैन्य अभ्यासको ४०औं संस्करणका लागि अमेरिकी सेनाको टोली नेपाल आउन लागेको जनाएको छ ।
भक्तपुरको नगरकोटमा तय सैन्य अभ्यास भदौ २४ गते सुरु भएर आगामी असोज १२ गते समापन हुनेछ ।
तालिममा अमेरिकाका जुनियर लेभलका बिल्लादार सैनिक सहभागी हुन आउँदैछन् । उनीहरू बन्दोबस्तीका सामानसहित आफ्नै विमानमा काठमाडौं ओर्लने जंगीअड्डाले जनाएको छ ।
नेपाली सेनाले अन्य देशका सेनासँग विगतदेखि नै संयुक्त अभ्यास गर्दै आइरहेको छ । हाल अमेरिकासँगै बेलायत, भारत, चीन, श्रीलंका, बंगलादेश, मंगोलियालगायतका देशसँग नेपाली सेनाले संयुक्त अभ्यास गर्दै आएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया