आफ्नै शक्तिमा स्थानीय तहको चुनावमा एमालेभन्दा ठूलो शक्ति बन्छौं : वर्षमान पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी चुनावमा वामपन्थी दलहरूमध्ये आफ्नो पार्टी सबैभन्दा ठूलो हुने दावी गरेका छन् ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले बिहिबार आयोजना गरेको कार्यक्रममा नेता पुनले अन्य दलको समर्थनमा नभइ आफ्नै शक्तिमा ठूलो दल हुने दावी गरे ।
‘विगतको भन्दा स्थानीय तहमा माओवादी केन्द्रको स्थिति बलियो भएको छ । हामी आफ्नै तागतमा विश्वास गछौँ’, उनले भने, ‘गठबन्धन दलहरूसँग देशभर चुनावी तालमेल हुँदैन । कमजोर स्थानमा मात्रै चुनावी तालमेल हुन्छ ।’
कार्यक्रममा विपक्षी एमालेले दुई–दुई पटक संसद विघटन गरेकाले जनताको घर दैलोमा जाने कुनै नैतिकता नभएको टिप्पणी गरे । जनतामा जाने एजेण्डा सकिएपछि विपक्षी दलहरूमाथि आक्रोसित भएको उनले जिकिर गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया