NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

‘गर या मर’को स्थितिमा मलेसियाविरुद्ध पिएनजीले पहिले फिल्डिङ गर्दै

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा लगातार तीन खेल हारेको पपुवा न्युगिनी (पिएनजी)ले मलेसियाविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

पिएजनी पहिलो खेलमा नेपालसँग १५ रन दोस्रो खेलमा, मलेसियासँग ८ रन र तेस्रो खेलमा नेपालसँग ३७ रनले पराजित भएको थियो । तीनै खेलमा लक्ष्य पछ्याउँदा भेट्याउन नसकी पराजित भएको पिएनजीलाई आजको खेलमा राम्रो रनरेटले जितेर मात्रै पनि फाइनलमा पुग्न सहज हुनेछैन । अर्को खेलमा नेपालले मलेसियालाई पराजित पनि गर्नुपर्नेछ ।

सिरिजमा नेपाल, मलेसिया र पिएनजी प्रत्येकले एक अर्काविरुद्ध दुईदुई खेल खेल्दा शीर्ष २ भित्र पर्नेले फाइनल खेल खेल्ने हुन् । यस्तोमा मलेसियासँग अन्तिम खेल खेल्नु अघि नै नेपाल फाइनलमा पुगिसकेको छ । यस्तोमा पिएनजी वा मलेसिया कसले फाइनल खेल्ने भन्ने नेपालसँगको अन्तिम खेलले निर्धारण गर्नेछ ।

मलेसियाले पिएनजीलाई आज पराजित गरे एक खेल अगावै फाइनलमा पुग्नेछ ।