यी हुन् माओवादी केन्द्रको उम्मेदवार हुनलाई प्रचण्डले तोकेका ६ मापदण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारका लागि मापदण्ड तोकेका छन् ।
प्रचण्डले शुक्रबार पार्टी पंक्तिलाई परिपत्रमार्फत विशिष्ट परिस्थितिबाहेक पुराना जनप्रनिनिधिलाई नदोहो¥याउन परिपत्र जारी गरेका हुन् ।
उम्मेदवार छनोट विषयमा ६ बुँदे मापदण्ड बनाउन निर्देशन गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
प्रचण्डले तोकेका मापदण्ड :
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहो¥याउने ।
२. देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने ।
३. स्वच्छ छवि भएको हुनुपर्ने ।
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनोटमा ध्यान दिने ।
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने ।
६. समानुपातिक, समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिने ।
उम्मेदवार छान्नेबारे प्रचण्डले दिए मातहतका कमिटीलाई ६ बुँदे निर्देशन
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया