सिंगापुरविरुद्धको खेलमा अर्नाको पुरस्कार : कुशलले झण्डै २ लाख पाउने, अरुले कति पाउँछन् ?

काठमाडौं । आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गतको खेल आजबाट सुरु भएको छ ।
यसको आयोजक नेपाल हो । यस अन्तर्गतका सबै खेल नेपालमै हुनेछन् । छनोटका लागि ८ राष्ट्र सहभागी छन् । नेपालले सिंगापुरसँग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा सिंगापुरविरुद्ध नेपालले ८ विकेटको जित हात पारेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्यमा नेपालले ओपनर कुशल भुर्तेलको अर्ध सतकको मद्दतमा १६.३ ओभरमै विजय हात पार्यो ।
हो, नेपालले जितेको बारेमा जानकारी पाइसक्नु भएको छ होला । तर यो खेलका लागि अर्ना वियरले नेपाली खेलाडीका लागि प्रत्येक बलमा पुरस्कारको धोषणा गरेको सायदै पाठकहरुलाई थाहा छ, नभए थाहा पाउनु हुनेनै छ ।
अर्ना वियरले घोषणा गरे अनुसार नेपालका कुन खेलाडीले कति पुरस्कार पाए त ?
अर्नाले घोषणा गरेको पुरस्कार
बलरलाई-
प्रत्येक विकेटमा २५ हजार-
प्रति डटबलमा एक हजार-
ब्याट्स्म्यानलाई-
प्रति छक्का २० हजार-
प्रति चौका १० हजार-
प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत १ हजार-
ब्याट्सम्यानलाई प्रतिरन १ हजार-
कसले कति कमाए ?
अभिनास बोहोरा
प्राप्त पुरस्कार ८४ हजार
३ विकेट
९ डटबल
सन्दीप लामिछाने
प्राप्त पुरस्कार ६३ हजार
२ विकेट
१३ डट बल
गुल्सन झा
प्राप्त पुरस्कार ६३ हजार
२ विकेट
१३ डट बल
करन केसी
प्राप्त पुरस्कार ६१ हजार
२ विकेट
११ डट बल
सोमपाल कामी
प्राप्त पुरस्कार १३ हजार
१३ डटबल
कुशल भुर्तेल
प्राप्त पुरस्कार १ लाख ९४ हजार
कुल रन ७४
२ छक्का
८ चौका
रोहित पौडेल
प्राप्त पुरस्कार ९५ हजार
कुल रन ३५
२ छक्का
२ चौका
आसिफ शेख
प्राप्त पुरस्कार ७७ हजार
कुल रन २७
२ छक्का
१ चौका
कुशल मल्ल
प्राप्त पुरस्कार २६
कुल रन ६
१ छक्का
खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले पुरस्कार दिने उद्घोष गरेको थियो ।
प्रतिक्रिया