दीपेन्द्रको शतकसहित कीर्तिमान, रोहितले बनाए अर्धशतक
काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत आज भएको समूह चरणको खेलमा नेपालले आज मलेसियालाई ८५ रनको फराकिलो अन्तरले हराएको छ ।
यससँगै नेपाल ४ खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
आज नेपालले आक्रामक ब्याटिङ गर्दै २२३ रन बनाएको थियो । यस क्रममा दीपेन्द्रसिंह ऐरीले आक्रामक शतकीय पारी खेले । यससँगै नेपालले टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठूलो स्कोर बनाएको थियो ।

दीपेन्द्रले अविजित रहँदै ११० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । दीपेन्द्रले टि–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पूरा गरेका हुन् । उनको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।
यस्तै दीपेन्द्र टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
यसैगरी आज रोहित पौडेलले पनि टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरेका छन् । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया