अनेरास्ववियूले चुनावी सुरक्षाका लागि प्रत्येक बुथमा सयजना खटाउने
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आसन्न स्थानीय चुनावमा प्रत्येक बुथ बराबर सयजना विद्यार्थी स्वयमसेवक खटाउने निर्णय गरेको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा चेत्र १८ र १९मा अध्यक्ष सुनिता बरालको नेतृत्वमा बसेको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकले जनताको सुरक्षा र षड्यन्त्रविरुद्ध लड्न प्रत्येक बुथमा स्वयम्सेवी खटाउन लागेको हो ।
त्यस्तै बैठकले भारत भ्रमरणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रोटोकल मिचेर भाजपाको मुख्यालयमा भारतीय समकक्षीलाई भेट गरेकोमा आपत्तिसमेत जनाएको छ । त्यस्तै भ्रमण गर्नुअघि विपक्षी दलका नेतासँग सल्लाह नगरको, मूल्यवृद्धि र महंगी नियन्त्रण गर्न नसकेकोजस्ता आरोप लगाएको छ ।
अनेरास्ववियूले ६ बुँदे आगामी संगठनात्मक र कार्ययोजनासमेत पारित गरेको छ ।


ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया