निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ पाँच दलको निर्णय
गलकोट । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।
केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताए ।
आज सम्पन्न पाँचदलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया