टी–२० सिरिजको उपाधि नेपाललाई
काठमाडौं । त्रिदेशीय सिरिजमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।
पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको लागि खतरनाक देखिएका सेसे बाउको विकेट करण केसीले लिएसँगै नेपाल उपाधिनजिक पुगेको थियाे ।
एकै ओभरमा करणले ३८ बलमा ५९ रन बनाएर खेलेका बाउ र काउबा मोरेको विकेट लिएपछि नेपाल उपाधिनजिक पुगेको थियाे ।
खेलमा दीपेन्द्रसिंह ऐरीले १८ रन दिएर ४ विकेट लिए ।
१६८ रन बनाउने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ बलमा ५४ रन बनाए । करण केसीले १२ बलमा ३३ रन बनाए । कुशल भुर्तेलले २५, आशिफ शेखले २९, आदिल आलमले १५ रन बनाए ।
नेपालको जितका लागि दीपेन्द्रसिंह ऐरी नायक बने । उनले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । करण केसीले तीन ओभरमा २७ रन दिएर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले चार ओभरमा २५ रन दिएर २ विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया