दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)लाई ५० रनको भारी अन्तरले हराउँदै नेपालले त्रिदेशीय टि–२० क्रिकेट सिरिज जितेको छ ।
घरेलु मैदानमा सिरिज जित्दा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृट खेलाडी (प्लेयर अफ दि सिरिज) चुनिएका छन् ।
सिरिजमा ५ खेल खेल्दा उनले १ शतक र २ अर्धशतक बनाए । यसक्रममा उनले कुल २५५ रन जोडे । यससँगै उनी सिरिजको सर्वाधिक रन बनाउने ब्याटर बने ।
दीपेन्द्रले बलिङमा पनि राम्रै प्रदर्शन गरे । उनले ५ खेलमा ७ विकेट लिएका छन् ।
दीपेन्द्र आजको फाइनल खेलको पनि प्लेयर अफ दि म्याच चुनिएका छन् ।
फाइनलमा उनले ५४ रनसहित अर्धशतक गर्नुका साथै ४ विकेट पनि लिएका छन् ।

यस्तै नेपालकै करण केसी प्रतियोगिताका उत्कृष्ट बलर चुनिएका छन् । उनले ५ खेलबाट १६.४ ओभर बलिङ गर्दै १३ रन लिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया