चार महिनामा पुँजीगत खर्च २९ अर्ब ९९ करोड मात्रै
काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा नेपाल सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा कम हो । गत आर्थिक वर्षको पहिलो चार महिना सरकारी खर्च २२.१ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्धि भएको छ ।
समीक्षा अवधिमा चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु.२९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च रु.५४ अर्ब ४७ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत २ खर्ब ७६ अर्ब६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.२५४ अर्ब ३० करोड र गैर कर राजस्व रु.२२ अर्ब ३४ करोड परिचालन भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया