ओलीले एमाले प्रवेश गराएका डल्लाकोटी २४ घण्टामै माओवादी फर्किए
काठमाडौँ । केपी शर्मा ओलीले टीका लगाएर एमाले भित्र्याएका धादिङका माओवादी नेता पित्तबहादुर डल्लाकोटी २४ घण्टामै पुरानाे पार्टीमा फर्किएका छन् ।
नेकपा एमाले धादिङ स्रोतले डल्लाकोटी माओवादीमै फर्किएको नेपालवाचलाई जानकारी दियो ।
स्रोतका अनुसार, उनले अहिले केहीबेरमै माओवादी फर्किएको बेहोराको विज्ञप्ति जारी गर्दैछन् ।
डल्लाकोटी धादिङकाे बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्षसमेत हुन् । अघिल्लो निर्वाचनमा डल्लाकोटी धादिङमा माओवादी केन्द्रका तर्फबाट स्थानीय तह अध्यक्ष जित्ने एक मात्र प्रतिनिधि हुन् ।
उनी हिजो केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए । त्यसको २४ घण्टा नपुग्दै उनी माओवादीमै फर्किएका छन् ।
त्यसो त उनी एमाले पृष्ठभूमिकै नेता हुन् । उनी १५ वर्षअघि एमालेबाटै तत्कालीन माओवादीमा प्रवेश गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया