ओलीले एमाले प्रवेश गराएका डल्लाकोटी २४ घण्टामै माओवादी फर्किए

काठमाडौँ । केपी शर्मा ओलीले टीका लगाएर एमाले भित्र्याएका धादिङका माओवादी नेता पित्तबहादुर डल्लाकोटी २४ घण्टामै पुरानाे पार्टीमा फर्किएका छन् ।
नेकपा एमाले धादिङ स्रोतले डल्लाकोटी माओवादीमै फर्किएको नेपालवाचलाई जानकारी दियो ।
स्रोतका अनुसार, उनले अहिले केहीबेरमै माओवादी फर्किएको बेहोराको विज्ञप्ति जारी गर्दैछन् ।
डल्लाकोटी धादिङकाे बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्षसमेत हुन् । अघिल्लो निर्वाचनमा डल्लाकोटी धादिङमा माओवादी केन्द्रका तर्फबाट स्थानीय तह अध्यक्ष जित्ने एक मात्र प्रतिनिधि हुन् ।
उनी हिजो केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए । त्यसको २४ घण्टा नपुग्दै उनी माओवादीमै फर्किएका छन् ।
त्यसो त उनी एमाले पृष्ठभूमिकै नेता हुन् । उनी १५ वर्षअघि एमालेबाटै तत्कालीन माओवादीमा प्रवेश गरेका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया