यू-१९ क्रिकेट विश्वकप आजदेखि, नेपालले आइतबार पहिलो खेल खेल्ने
काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप १५औं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।
सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।
काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो ।
सुरुवाती दिनमा यसपटको यू-१९ क्रिकेट श्रीलंकामा हुने तय थियो । तर, आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।
१२ टेष्ट राष्ट्रका टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकपमा आज दुई खेल हुँदैछ । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गरेको नेपालले पहिलो खेल आउने आइतबार न्युजिल्याण्डसँग खेल्नेछ ।
यू-१९ क्रिकेटको फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया