NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

यू–१९ विश्वकप : पहिलो खेलमा नेपालले आज न्युजिल्याण्डको सामना गर्दै

काठमाडौं । आइसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको समूह ‘डी’मा रहेको नेपालले पहिलो प्रतिस्पर्धा न्युजिल्याण्डसँग गर्न लागेको हो ।

खेल नेपाली समयानुसार अपराह्न १ः४५ बजे हुनेछ ।

दुवै टिम आज जितको खोजीमा हुनेछन् । समूह ‘डी’मा निकै बलिया टिम रहेकाले नेपाल पहिलो खेलमै जित निकालेर सुखद् सुरुवात गर्न चाहन्छ ।

दक्षिण अफ्रिकामा जारी विश्वकपमा नेपालसहित १६ देश सहभागी छन् । जसलाई ४/४ वटा देश समेटिने गरी ४ भागमा विभाजन गरिएको छ । नेपाल समेटिएको समूह ‘डी’मा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड छन् ।

नेपालले आगामी खेल जनवरी २४ र २६ मा क्रमशः पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

समूह चरणको प्रतिस्पर्धाबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । यी १२ मुलुकलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुनेछन् । सुपर सिक्समा एक टिमले मात्रै दुई खेल खेल्ने र अन्त्यमा दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
पुग्ने छन् ।

यी हुन् विश्वकप खेल्ने नेपाली खेलाडी

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।