न्यूजील्याण्डले दियो नेपाललाई बिशाल लक्ष्य
काठमाडौं। फिल्डिङमा चुक्दा यू–१९ विश्वकपमा न्यूजील्याण्डले नेपाललाई ३०३ रनको बिशाल लक्ष्य दिएको छ । स्नेहिथ रेड्डीको अविजित १४७ रनको मद्दतमा न्यूजील्याण्डले ८ विकेट बनाएर ३०२ रनको योगफल बनाएको हो । रेड्डीलाई नेपाली खेलाडीले पटक पटक क्याच ड्रप गरेका थिए ।
६७ रनमै तीन विकेट नेपालले लिएपनि त्यसपछि रेड्डी र कप्तान ओसकर ज्याकसनको साझेदारीले न्यूजील्याण्डले उच्च स्कोर बनाएको हो । ज्याकसनले ७५ रन प्रहार गरे ।
नेपालका लागि सुवास भण्डारीले ३, गुल्सन झाले २ र दिपेश कँडेल, तिलम भण्डारी र आक्राश त्रिपाठीले समान १–१ विकेट लिएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया