न्यूजील्याण्डले दियो नेपाललाई बिशाल लक्ष्य

काठमाडौं। फिल्डिङमा चुक्दा यू–१९ विश्वकपमा न्यूजील्याण्डले नेपाललाई ३०३ रनको बिशाल लक्ष्य दिएको छ । स्नेहिथ रेड्डीको अविजित १४७ रनको मद्दतमा न्यूजील्याण्डले ८ विकेट बनाएर ३०२ रनको योगफल बनाएको हो । रेड्डीलाई नेपाली खेलाडीले पटक पटक क्याच ड्रप गरेका थिए ।
६७ रनमै तीन विकेट नेपालले लिएपनि त्यसपछि रेड्डी र कप्तान ओसकर ज्याकसनको साझेदारीले न्यूजील्याण्डले उच्च स्कोर बनाएको हो । ज्याकसनले ७५ रन प्रहार गरे ।
नेपालका लागि सुवास भण्डारीले ३, गुल्सन झाले २ र दिपेश कँडेल, तिलम भण्डारी र आक्राश त्रिपाठीले समान १–१ विकेट लिएका छन् ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया