यू–१९ विश्वकप क्रिकेट, नेपालले आज अफगानिस्तानको सामना गर्दै
काठमाडौं । आइसिसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुई देशबीचको खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो १ः४५ बजेका लागि तय छ ।
नेपालले यसअघि पहिलो खेल न्युजिल्याण्ड र दोस्रो खेल पाकिस्तानसँग खेलेकोमा दुवैमा हार व्यहोरेको छ । न्युजिल्याण्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले नेपाल पराजित भएको हो ।
लगातार दुई खेल हारेकाले सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा नेपाल छ । उता दुई खेल हारेको अफगानिस्तान पनि नेपालकै जस्तो आजको खेलमा जित निकालेर सुपर सिक्सको यात्रा तय गर्न चाहन्छ ।
समूह ‘डी’ नेपाल, न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । जसमा न्युजिल्याण्ड र पाकिस्तानले लगातार जित निकाल्दै सुपर सिक्सको यात्रा तय गरिसकेका छन् ।
नेपाली टिम
देव खनाल (कप्तान) , अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापा मगर, विपीन रावल, तीलकराज भण्डारी र आकाश चन्द
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया