यू–१९ विश्वकप क्रिकेट, नेपालले आज अफगानिस्तानको सामना गर्दै
काठमाडौं । आइसिसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुई देशबीचको खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो १ः४५ बजेका लागि तय छ ।
नेपालले यसअघि पहिलो खेल न्युजिल्याण्ड र दोस्रो खेल पाकिस्तानसँग खेलेकोमा दुवैमा हार व्यहोरेको छ । न्युजिल्याण्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले नेपाल पराजित भएको हो ।
लगातार दुई खेल हारेकाले सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा नेपाल छ । उता दुई खेल हारेको अफगानिस्तान पनि नेपालकै जस्तो आजको खेलमा जित निकालेर सुपर सिक्सको यात्रा तय गर्न चाहन्छ ।
समूह ‘डी’ नेपाल, न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । जसमा न्युजिल्याण्ड र पाकिस्तानले लगातार जित निकाल्दै सुपर सिक्सको यात्रा तय गरिसकेका छन् ।
नेपाली टिम
देव खनाल (कप्तान) , अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापा मगर, विपीन रावल, तीलकराज भण्डारी र आकाश चन्द
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया