आफैँ अटोरिक्सा चलाएर पूर्वमन्त्रीले भोट माग्न थालेपछि …
काठमाडौं । पूर्वमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित आफैँले अटोरिक्सा चलाएर विराटनगर महानगरपालिकाका नगरबासीको घरदैलो अभियान चलाएका छन् ।
पार्टीको निर्देशनअनुसार स्थानीय तह निर्वाचनका लागि आफ्नै गृहनगर विराटनगर रहेका पण्डितले अटोरिक्सा चलाएर भोट माग्दै नगरवासीको घरदैलोमा पुगेका हुन् ।
बुधबार बिहान ४ नम्बर वडामा घरदैलो गरेका तस्बिरहरू सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गरेका छन् । पूर्वमन्त्री आफ्नै रिक्सा चलाएर आफ्नो घरदैलोमा आउँदा नगरबासी दंग देखिन्थे । पण्डितले रिक्साको दायाँ–बायाँ एमालेको झण्डा र चुनाव चिन्ह राखेका थिए । पछाडि भने आफ्ना कार्यकर्तालाई राखेका थिए ।
०७४ को चुनावमा यस महानगरपालिकामा कांग्रेसका भीम पराजुली पाँच हजारभन्दा बढी मतले विजयी भएका थिए । पराजुलीले २३ हजार ३१ मतले विजयी हुँदा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएर पराजित भएका थिए । फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए । राप्रपाका प्रह्लादप्रसाद साहले ५ हजार ५२४ मत ल्याएका थिए ।
१९ वडा रहेको विराटनगर महानगरमा यसपटक एमाले ०७४ को परिणाम उल्टाउने दाउमा रहेको छ । एमालेले पण्डितलाई महानगरको उम्मेदवार बनाउने चर्चा भएपनि देश हाक्ने क्षमताको व्यक्ति भएकाले महानगरमा आफू नउठ्ने नेपालवाचसँग बताएका छन् ।
गठबन्धनले साझा उम्मेदवार उठाए एमालेलाई आगामी चुनाव जित्न कठिन देखिन्छ । यदि गठबन्धनमा खटपट आयो भने एमालेले जित्ने सम्भावना जीवितै रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया