यू–१९ विश्वकप : नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा आज नेपालले भारतको सामना गर्दैछ ।
यसअघि सुपर सिक्समा बंगलादेशसँग खेलेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुनेछ ।
नेपाल सुपर सिक्स खेल्नुअगावै सेमिफाइनलबाट बाहिरिसकेको छ । त्यसैले आजको खेल नेपालको प्रतिष्ठासँग मात्र जोडिएको छ । खेल जिते पनि नेपालको यो प्रतियोगिताको यात्रामा आज बिराम लाग्नेछ ।
विश्वकपमा नेपाल र भारत दुई पटक आमनेसामने भएका छन् । जसमा दुवै खेल नेपालले हारेको थियो । त्यसैले नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेर इतिहास रच्न चाहन्छ ।
उता, भारत आजको खेलमा पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनल प्रवेश गर्नेछ ।
जारी यू१९ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल मात्र जितेको नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया