चैत २६ सम्ममा निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई अनुगमन समितिको निर्देशन
काठमाडौं । रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।
बुधबार पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले २२ गतेसम्म चुनावी तालमेलसहित ठोस निष्कर्ष पठाउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलहरूको बैठकले पौडेलको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो ।
समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् । माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल रहेका छन् । जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।
गठबन्धनले आगामी चुनावमा प्रदेश, जिल्ला र पालिकासम्म संयन्त्र बनाउने सहमति भएको थियो । सोहीअनुसार विभिन्न जिल्लामा स्थानीय तह निर्वाचनका लागि साझा उम्मेदवारको छनोटका कामहरू भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया